एमाले महाधिवेशनः बन्दसत्र दिउँसो ३ बजेदेखि

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १३:५८

काठमाडौँ। नेकपा (एमाले) को बन्दसत्र आज (आइतबार) दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

यसअघि बन्दसत्र बिहानै सुरु हुने भनिएको थियो । केन्द्रीय समिति बैठकका कारण ढिलाइ हुन पुगेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

यसैबीच, केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको छ। यही प्रस्ताव अब बन्दसत्रमा पेस हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.