सुनसरीका विभिन्न स्थानबाट ९१७ किलो गाँजा बरामद

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १५:२०

विराटनगर । प्रहरीले सुनसरीका विभिन्न स्थानबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। बेवारिसे तथा ओसारपसारको तयारीमा लुकाइएको गरी कुल ९ सय १७ किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन्।

कोशी गाउँपालिका–८ मा प्रहरी गस्ती टोलीले ११ बोरामा प्याक गरिएको ५७७ किलोग्राम गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ । धरान उपमहानगरपालिका–२०, कालीखोला किनारमा कोशी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले विशेष सूचनाका आधारमा ११ बोरामा भारी बनाई राखिएको थप ३३० किलोग्राम गाँजा बरामद गरेको।

इनरुवा नगरपालिका–३ बाट १० किलोग्राम गाँजासहित २ ग्राम १८० मिलिग्राम ब्राउनसुगर पनि बरामद गरिएको छ ।प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाँजा धनकुटाको आहाले क्षेत्रबाट ११ जना भरियामार्फत ल्याएर सुनसान स्थानमा लुकाइराखिएको थियो ।

धनकुटा लगायतका पहाडी जिल्लामा गाँजा खेती र तस्करी नियन्त्रण हुन नसक्दा रातको समयमा भरिया प्रयोग गरी सुनसरी, मोरङ हुँदै भारततर्फ तस्करी हुने गरेको पाइएको छ । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.