धर्मपत्नीको निधनपछि राजनीतिबाट टाढिएका थिए उपाध्याय

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १६:१७

विराटनगर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वशिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित उपाध्यायको काठमाडौंस्थित ह्याम्स अस्पतालमा  निधन भएको हो ।

मोरङ स्थायी घर भएका उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौंमा बस्दै आएका थिए । उपाध्याय तत्कालीन मोरङ क्षेत्र नम्बर १ (हाल क्षेत्र नम्बर २) बाट दुई पटक सांसद निर्वाचित भएका थिए । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला मोरङ र सुनसरीबाट विजयी भएका थिए ।  कोइरालाले मोरङको सिट छोडेपछि भएको उपनिर्वाचनमा उपाध्याय विजयी भए । गिरिजाकाे विश्वासपात्र भएका कारण शिक्षामन्त्रीको जिम्मेवारीसमेत प्राप्त गरे ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ जिल्लाबाट नेपाली कांग्रेसको साख जोगाउँदै चुनाव  जित्ने उनी एक्ला नेता थिए । ९ वटा निर्वाचन क्षेत्रमा उनीमात्रै विजयी भएका थिए, दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए ।

कांग्रेस माेरङका नेता यदु विष्टका अनुसार दोस्रो संविधानसभा निर्वाचनपछि उपाध्यायकाे धर्मपत्नीको निधन भयाे । पत्नीकाे निधनपछि उनी सक्रिय राजनीतिबाट विस्तारै टाढिएका थिए ।

“मोरङमा कांग्रेसको कठिन समयमा (२०६४ साल) उहाँले मात्र चुनाव जित्नुभएको थियो,” विष्ट सम्झन्छन्, ‘उहाँ जनतासँग प्रत्यक्ष संवादमा विश्वास गर्ने शालिन र बौद्धिक नेता हुनुहुन्थ्यो ।”

उपाध्याय गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए । उनीसँग लामो समय संगत गरेका पत्रकार कुमोद अधिकारीका अनुसार उपाध्यायको स्मरण शक्ति निकै तेज थियो । “उहाँ एकपटक चिनजान भएको मानिसलाई कहिल्यै बिर्सनुहुन्नथ्यो र सबैलाई नामले नै सम्बोधन गर्नुहुन्थ्यो,” अधिकारी भन्छन्, “सादा जीवनशैलीका कारण उहाँ कार्यकर्तामाझ निकै लोकप्रिय हुनुहुन्थ्यो।”

राजनीतिशास्त्रमा स्नातक गरेका उपाध्यायका दुई छोरा र एक छोरी छन् ।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.