अस्ट्रेलियाको सिड्नीमा गोली हानी १० जनाको हत्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १६:५०

विराटनगर । अस्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बन्डी बिचमा भीषण गोलीकाण्ड हुँदा १० जना मारिएका छन् । १२ जना घाइते भएका छन् । बीबीसीका अनुसार गोलीकाण्डमा कम्तिमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । मृतकको पहिचान खुलेको छैन ।

यो घटनामा दुई जना प्रहरी अधिकारी पनि घाइते भएका छन् । न्यु साउथ वेल्स प्रहरीका अनुसार बन्डी बिचमा गोली चलाउने दुई जना बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Advertisement

प्रहरीका अनुसार गोलीकाण्डमा मृत्यु हुनेको संख्या बढ्ने सम्भावना छ । गोलीकाण्डपछि उत्पन्न आतंकको वातावरणलाई अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले ‘स्तब्ध पार्ने र दुःखदायी’ घटना भनेका छन् । गोलीकाण्डको समयमा बन्डी बिचमा मानिस परिवार र बालबालिका रमाइरहेका थिए । सोही बेला गोली चलेको हो । गोली चलेपछि भागदौड मच्चिएको थियो ।

सिड्नी मर्निङ हेराल्डसँग कुरा गर्दै ३० वर्षीय स्थानीय बासिन्दा ह्यारी विल्सनले आफूले कम्तीमा १० जनालाई भुइँमा र जताततै रगत देखेको बताएका छन् ।

यो घटना हनुक्का नामक यहूदी पर्वको उत्सव मनाइरहेको समारोह नजिकै भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
ग्यास अभाव : तोकिएभन्दा बढी मूल्य तिर्न उपभोक्ता बाध्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.