अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १०:४८

एजेन्सी। भारतको महाराष्ट्रस्थित अमरावती जिल्ला महिला अस्पतालको एनआईसीयूमा सोमबार बिहान आगलागी हुँदा तीन जना नवजात शिशुको मृत्यु भएको छ। अस्पतालको तेस्रो तलामा रहेको एनआईसीयूमा बिहान करिब ३ः३० बजे आगलागी भएको हो। आगलागीपछि एनआईसीयूभित्र तीव्र रूपमा धुवाँ फैलिएको थियो। घटनाका बेला एनआईसीयूमा ३९ जना नवजात शिशु भर्ना रहेका थिए।

आगलागी हुनासाथ चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीले उद्धार कार्य सुरु गरेका थिए। उनीहरूले अधिकांश शिशुलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका थिए। अमरावतीका प्रहरी आयुक्त राकेश ओलाका अनुसार एनआईसीयूका तीनवटा कम्पार्टमेन्टमध्ये एउटामा नौ जना नवजात शिशु भर्ना थिए। आगलागीबाट तीमध्ये तीन जनाको मृत्यु भएको छ भने बाँकी छ जनालाई उपचारका लागि अन्यत्र सारिएको छ।

Advertisement

अन्यत्र सारिएका छ जना शिशुको स्वास्थ्य अवस्थाबारे तत्काल विस्तृत जानकारी प्राप्त हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा एनआईसीयूमा राखिएको भेन्टिलेटरभित्र विस्फोट भएपछि आगलागी भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो
अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×