एमालेमा युवाका लागि ५ प्रतिशत काेटा

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १७:३९

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा करिब ५ प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरेकाे छ । ४० वर्ष मुनिका युवाका लागि करिव ५ प्रतिशत काेटा सुनिश्चित गरेकाे हाे ।

एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक–एक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् ।

खुला तर्फ युवाका लागि २, जनजाति आदिवासीतर्फ युवा २, मधेशीतर्फ युवा २ र दलिततर्फ युवा १ जनाकाे काेटा छुट्याइएकाे छ । ३०१ सदस्यीय केन्द्रीय समितिमा युवा १५ जना हुनेछन् ।

केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठेको थियो  ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.