गृहमन्त्री अर्यालको चेतावनी: निर्वाचनबाट भाग्नु र भ्रम फैलाउनु न्यायोचित छैन

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २९, सोमबार १२:१९

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनी भ्रम फैलाउने कार्य न्यायोचित नहुने बताएका छन्। सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको स्पष्ट पारे।

गृहमन्त्री अर्यालले भने, ‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कहीं कतैबाट पनि गर्नु र गराउनु न्यायोचित हुँदैन। यो सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यअनुरूप भएको हो।’

उनले आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भइसकेको र सोहीअनुसार तयारी भइरहेको जानकारी दिए। स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत भइसकेको उनले बताए।

राजनीतिक दलहरूले प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याएका लुटिएका हतियार र फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन गृह प्रशासनले विशेष अपरेसन चलाइरहेको उनले जानकारी दिए। उनका अनुसार कुल फरार कैदीबन्दीमध्ये करिब ७० प्रतिशत कैदीबन्दी फिर्ता आइसकेका छन् भने लुटिएका हतियारको ‘रिकभरीको अवस्था निकै सुदृढ हुँदै गएको छ।’

उनले दलहरूसँगको वार्ता र संवादको विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी रहेको बताउँदै वार्ता, संवाद र छलफलका लागि सरकार खुला रहेको स्पष्ट पारे।

यसका साथै, गृहमन्त्री अर्यालले सरकारले जेन–जी आन्दोलनलाई अपनत्व ग्रहण गरी प्रधानमन्त्री र जेन–जी प्रतिनिधिबीच सम्झौता भई राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनको चरणमा रहेको जानकारी गराए। उनले भयरहित, निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरूमध्ये सुरक्षा गोष्ठी पनि एक भएको बताए। केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको सुरक्षा योजनाबमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने उनको विश्वास छ।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.