महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २९, सोमबार १७:३२

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनका क्रममा चार नेताले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् ।

पदाधिकारीको उम्मेदवार नबनाएपछि निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले ओलीको साथ छाडेका हुन् । प्रदीप ज्ञवाली, अग्नी खरेल र राजेन्द्र गाैतम पनि उनीसँग रुष्ट बनेका छन् ।

Advertisement

एमाले नेता प्रदीप ज्ञवाली पनि ओलीसँग रुष्ट बनेका छन् । ओलीले उनलाई उपाध्यक्षको उम्मेदवारको सूचीमा राखेका थिए । ज्ञवालीले महासचिवबाहेक अन्य पदमा आफ्नो इच्छा नरहेको बताएका थिए ।

एमाले नेता पन्तलाई ओलीले केन्द्रीय समितिमा राखेका थिए । पदाधिकारीमा नराखेपछि उनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

ओली समूहबाट सचिव लड्न चाहेका प्रचार विभाग प्रमुख गौतमले पनि टिकट पाएनन् । उनले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्ष ओलीका निकट रहेका श्रेष्ठले आफूलाई अपमान र अन्याय गरिएको भन्दै उनी पोखरेल समूहबाट सचिवको उम्मेदवार बनेका छन् । ओलीका निकट सहयोगी नेता गोकुल बास्कोटा पनि पोखरेल समूहबाट सचिवमा उम्मेदवार छन् । लालबाबु पण्डित पनि ओलीसँग रुष्ट छन् ।

अध्यक्षमा ओली र पोखरेलबिच प्रतिस्पर्धा हुनेछ । महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.