‘प्रदेश सरकारमा ३ जना मन्त्री भए पुग्छ, डिजिटल संरचनाले खर्च कटौती हुन्छ’

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १, मंगलबार १३:०७

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारको संरचनालाई सानो र छरितो बनाउनुपर्नेमा जोड दिँदै प्रदेशमा तीन जना मन्त्री भए पुग्ने बताएका छन्। काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेशमा मुख्यमन्त्री, वित्तमन्त्री र प्रशासन मन्त्री भए पुग्ने धारणा राखेका हुन्।

उनले नेपालको वर्तमान प्रशासनिक संरचनालाई पूर्ण रूपमा ‘डिजिटलाइज’ गर्नुपर्ने आवश्यकता औँल्याए। संघीयतालाई कम खर्चिलो बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको भन्दै उनले सरकारी संरचनालाई डिजिटलाइजेसन गर्न सके नेपालको चालु खर्च दुई तिहाइले कटौती हुने दाबी गरे। संघीयता हटाउनु समस्याको समाधान नभएको बरु यसलाई छरितो र कम खर्चिलो बनाउनु आजको मुख्य आवश्यकता रहेको उनले बताए।

प्रविधिको विकाससँगै नागरिकको स्वतन्त्रताको विषय पनि जोडिएको उल्लेख गर्दै पौडेलले प्रविधिको सिर्जनात्मक प्रयोगका लागि कानुनी स्पष्टता जरुरी रहेको बताए। उनले कानुन निर्माण गर्दा नागरिकको मौलिक स्वतन्त्रता हनन नहुने गरी गर्नुपर्नेमा स्पष्ट पारे। सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने प्रक्रियामा कुनै समस्या नरहे पनि दर्ताका नाममा सञ्जाल नै बन्द गर्ने कार्य भने स्वीकार्य नहुने उनले चेतावनी दिए। नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी कुनै पनि कानुन बनाउन नहुने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.