एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार ०७:००

काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मंगलबार नै मतदान गर्ने तयारी भए पनि प्राविधिक कारणले एमालेको मतदान सरेको थियो ।

बुधबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा एमालेका महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्व छान्न मतदान गर्नेछन्। एमालेको जारी महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि चुनिएर आएका छन्।

एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.