
काठमाडौं । नेकपा (एमाले)को नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको थियो ।
राति ८ः४५ बजेसम्म १२ सय मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् । मतदान आज रातभर जारी रहनेछ ।
























