
काठमाडौं । नेकपा (एमाले) को सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनी १ हजार ५४४ मत ल्याएर विजयी भएका हुन् ।
दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १ हजार ५३० मत ल्याएकी छन् । तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा छन् । उनले १ हजार ५०६ मत ल्याए ।
यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राईले १ हजार ५०३, हिक्मतकुमार कार्कीले १ हजार ३३७, खगराज अधिकारीले १ हजार २३१, यामलाल कंडेलले १ हजार १८५, राजन भट्टराईले १ हजार १८१ र भानुभक्त ढकालले १ हजार १०८ मत प्राप्त गरेका छन् ।
























