एमाले उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १३:४३

काठमाडौं । नेकपा (एमाले) को उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।

भट्टले १ हजार ४५२, रघुवीर महासेठले १ हजार ३६८ र योगेश भट्टराईले १३४८ मत प्राप्त गरे । भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् । भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।

उपमहासचिवका अन्य उम्मेदवारहरुमा विष्णुप्रसाद रिमालले १ हजार ९१, आनन्दप्रसाद पोख्रेलले ६३५, वैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.