
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
सहकारी ठगीसँग सम्बन्धित मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न उच्च अदालत बुटवलले आदेश दिएको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रविलाई धरौटीमा रिहा गर्न आदेश भएको छ ।
त्यही मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका छबिलाल बन्जाडे जोशीको हकमा भने रिहाइको आदेश नभएको जानकारी उनले दिए ।

























