
काठमाडौं । केपी शर्मा ओली तेस्राे कार्यकालका लागि निर्वाचित भएपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ ।
नवनिर्वाचित कमिटीकाे बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए ।
बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको थियाे । ओली लगातार तेस्राे पटक अध्यक्ष बनेका हुन् ।
























