
विराटनगर । मोरङको जहदामा रुखबाट लडेर बिहीबार साँझ १ जनाको मृत्यु भएको छ । जहदा गाउँपालिका–१ बुधनगर टोलका ६० वर्षीय बुद्धिराम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाँगा काट्न साँझ ६ बजेतिर आफ्नै खेतमा रहेको पिठारीको रुखमा चढेका उनी उक्त रुखबाट खसेका थिए । रुखको हाँगा झार्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ साँझ ७ः२० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























