मोरङमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर सहचालकको मृत्यु

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार १२:४९

विराटनगर । मोरङमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर शुक्रबार अपरान्ह सहचालकको मृत्यु भएको छ । ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार को १ ख ५०४९ नम्बरको टिपरबाट मोटो झार्ने क्रममा बिहान १० बजेतिर घटना भएको थियो । माटो झार्ने क्रममा टिपरको हाइड्रोलिकले ११ हजार भोल्टको विद्युत लाइनको तारमा छोएको उनले बताइन् ।

हाइड्रोलिकले बिजुलीको तारमा छुनसाथ करेन्ट लागेर टिपरका सहचालक मोरङको बुढीगंगा गाउँपालिका–१ का २२ वर्षीय श्याम ऋषिदेवको मृत्यु भएको जानकारी डीएसपी चुँडालले दिइन् । घटनामा परेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।

उनलाई उपचारका क्रममा अपरान्ह १२ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । टिपर चालक सुनसरीको दुहबी नगरपालिका–७ का ४५ वर्षीय भोजकुमार चौधरी सकुशल छन् ।

घाइते भएका सहचालकको उपचारमा उनी आफैं खटिएका थिए । टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.