भरतपुरको बाटो हुँदै रवि बुटवल लागे

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार १५:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनको सडक मार्ग हुँदै बुटवलका लागि हिँडेका छन् ।

थुनामुक्तको प्रक्रिया पूरा गर्न उनी बिहानै काठमाडौंबाट हवाई मार्ग हुँदै भैरहवा विमानस्थल जान हिँडेका थिए । तर, भैरवामा मौसम अनुकुल नहुँदा आकाश नखुलेपछि उनी हवाई मार्ग हुँदै भरतपुर पुगेका हुन् ।

रविलाई भरतपुरबाट सडक मार्ग हुँदै रुपेन्देही लगिँदै छ । बिहीबार उच्च अदालत तुलसीपुर इजलास कार्यालय बुटवलले उनलाई बिगो बराबरको धरौटी स्वीकार गरेर थुनामुक्तको आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.