नेकपाले काठमाडौंमा सन्देश सभा गर्दैै

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार ०८:१४

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज (शनिबार) एकता सन्देश सभा गर्दैछ । नेकपाले भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

उक्त सभामा ५० हजार सहभागी गराउने लक्ष्य रहेको नेकपाले जनाएको छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा सभा हुन लागेको नेकपाले जनाएको छ ।

सुन्धारा, नयाँ सडक चोकदेखि बिहान ११ः३० बजेबाट र शान्ति बाटिकादेखि दिउँसो १२ः१५ बजेतिर जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने कार्यक्रम तय भएको छ । पार्टीका शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने छन् ।

सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायत नेताहरूले सम्बोधन गर्ने बताइएको छ । कात्तिक १९ गते तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनेको हो ।

त्यसपछि नेकपाले मंसिर १२ गतेदेखि सबै प्रदेशमा एकताको सन्देश सभा गर्दै आएको छ । मंसिर २३ गते हेटौँडामा सभा गर्ने तय भएको थियो । घर टहरा विस्तारको चरण रहेकाले हेटौँडामा सम्भव नभएपछि सभा काठमाडौंमै आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.