फाइल फाेटाेविराटनगर । झापाको बिर्तामोड नगरपालिका– ६ गिरीबन्धु टि स्टेट नजिक पूर्व-पश्चिम राजमार्गमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल साँझ ५:३० बजे आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।
घाइते हुनेहरूमा झापा भद्रपुर नगरपालिका वडा नं. ९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर– ७ का २५ वर्षीय शीर्षक सुवेदी थिए । उनीहरूलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























