नेपाली कांग्रेसद्वारा कोशीबाट ४५४ जनाको नाम सिफारिस

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ६, आइतबार १२:००

विराटनगर । प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसले कोशी प्रदेशबाट ४ सय ५४ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ। प्रतिनिधिसभा सदस्यमा कोशीका २७ निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरिएको हो ।

पार्टीको कोशी प्रदेश कार्यालयका मुख्य सचिव नारायण कोइरालाका अनुसार प्रदेश समितिले राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका लागि गरी उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको हो । राष्ट्रिय सभातर्फ १३१ जना र प्रतिनिधिसभातर्फ ३२३ जना आकाङ्क्षीहरूको नाम समावेश गरिएको छ ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि माघ ११ गते चुनावको मिति तोकिएको छ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी प्रदेशको खोटाङ निर्वाचन क्षेत्रबाहेक २७ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ११५ जना सिफारिसमा परेका छन् । यस्तै खोटाङ र तेह्रथुमको निर्वाचन क्षेत्र बाहेकबाट समानुपातिकतर्फ २०८ जनाको नाम सिफारिस गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.