रिहा भए जेनजी प्रदर्शनकारी

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ७, सोमबार १३:४९

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने युवाहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छोडिदिएको छ । आज (सोमबार) दिउँसो प्रदर्शनमा उत्रिएका रविकिरण हमालसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मिराज ढुंगानाको नेतृत्वमा भेला भएका युवाहरूले वर्तमान राजनीतिक अवस्थामा सर्वपक्षीय सरकार गठन गरेर मात्रै निर्वाचनमा जानुपर्ने माग राखेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

आन्दोलनरत युवाहरूले प्रहरीसमक्ष सामूहिक गिरफ्तारी दिने तयारी गरेका थिए । तर, प्रहरीले उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय क्षेत्रमै रोकेर उनीहरुको प्रयासलाई विफल पारिदिएको थियो ।

पक्राउ परेकाहरूलाई केही समय प्रहरी वृत्तमा राखिए पनि पछि रिहा गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय जेनजी समूहका युवाहरूले राजनीतिक प्रणाली र सुशासनको मुद्दालाई लिएर निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.