रवि लामिछाने र बालेनकाे मिलन, एउटै गाडीबाट वैकल्पिक सन्देश

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ८, मंगलबार ०७:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति लामो भेटवार्ता भएको छ ।

कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा  करिब ५ घण्टा छलफल चलेको हाे । याे छलफलले बालेन रवि मिलनकाे सन्देश दिएकाे छ । वार्तापछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीबाट बाहिरिएका छन् ।

सोमबार साँझ ८ बजेदेखि सुरु भएको वार्ता मंगलबार बिहान १ बजेसम्म निरन्तर चलेको थियो । छलफलमा रास्वपाको तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए । बालेनको तर्फबाट बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।

भेटवार्तामा आगामी दिनमा चुनावी तालमेल र सम्भावित सहकार्यका विषयमा छलफल भएको थियो । औपचारिक निर्णय सार्वजनिक नभए पनि दुवै पक्षले सकारात्मक सन्देश दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.