आगो लगाएर युवतीको हत्या

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ८, मंगलबार ११:३७
सांकेतिक तस्बिर

विराटनगर । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित धुराबजारमा आगो लगाएर एकजना युवतीको हत्या भएको छ । स्थानीय ३२ वर्षीया सुशीला बम्जनको हत्या भएको प्रहरीले जनाएको छ ।

पेट्रोल छर्केर आगो लगाएर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए । घटना पुस ६ गते साँझको हो ।

हत्यामा संलग्न आरोपमा मृतककी नन्द ३५ वर्षीया मिना लामा बम्जन र ५९ वर्षीया सासु मायारानी बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । मृतककी नन्द मिनाले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.