सरकारी टोलीले थाल्यो दलका कार्यालय अनुगमनसँगै संवाद

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ८, मंगलबार १२:१४

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी भएका राजनीतिक दलका कार्यालय अनुगमन गर्न र दलका नेताहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले काम थालेको छ ।

यस क्रममा आज (मंगलबार) उक्त समितिको टोली कांग्रेस पार्टी कार्यालय पुगेको छ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति कांग्रेस पार्टी कार्यालय पुगेको हो ।

टोली यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायत दलका कार्यालय पनि पुग्ने भएको छ । कांग्रेस पार्टी कार्यालयमा सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा नेताहरूसँग छलफल गर्ने र जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन पनि गरेको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.