
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख राजनीतिक दलका शीर्ष नेता र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने भएका छन् । विघटित प्रतिनिधिसभामा तीन ठूला दलका प्रमुख र प्रधानमन्त्री कार्कीलाई एकैसाथ छलफलका लागि बोलाइएको जनाइएको छ ।
मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा छलफलमा बोलाइएको हो । छलफलको एजेण्डाबारे भने खुलस्त बताइएको छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकैपटक छलफलमा बोलाएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको बताइएको छ ।

























