जेनजी घटनामा जोडिएका पूर्वगृहसचिव र पूर्वआईजीपीको स्थान हद हटाइयो

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ८, मंगलबार १८:५०

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको स्थान हद फुकुवा गरेको छ ।

आयोगले मंगलबार पत्रमार्फत उनीहरूलाई जानकारी गराउँदै बयान प्रक्रिया पूरा भइसकेकाले स्थान हद र विदेश भ्रमणसम्बन्धी प्रतिबन्ध हटाइएको जनाएको हो । आयोगका अनुसार गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएका हिंसात्मक घटनाको अनुसन्धानका लागि उनीहरूमाथि स्थान हद लगाइएको थियो ।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेको हस्ताक्षर रहेको पत्र सार्वजनिक गर्दै पूर्वआईजीपी खापुङले सामाजिक सञ्जालमार्फत ‘अब कतै निमन्त्रणा छ भने भन्नुहोला’ भन्दै व्यंग्यात्मक टिप्पणीसमेत गरेका छन् ।

आयोगले जेनजी आन्दोलनका बेला भएको प्रशासनिक र सुरक्षा व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियामाथि केन्द्रित भएर छानबिन गरिरहेको छ । बयान सकिएसँगै सम्बन्धित व्यक्तिहरूलाई लगाइएको अस्थायी प्रतिबन्ध हटाइएको आयोगको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.