रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार ०७:४४

काठमाडौं । सरकारले आज (बुधबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्दैछ ।

निर्वाचनको वातावरण बनाउन सरकारले ३ दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालय अनुगमन गर्दै नेताहरूसँग छलफल गर्ने तालिका रहेको छ ।

उद्योग, पर्यटन र कानुनमन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा गठित अनुगमन समितिमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको हो ।

सरकारी टोलीले मंगलबार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालय अनुगमन गरेको थियो । साथै नेताहरूसँग वार्ता एवं संवादसमेत गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.