चुनावी तयारीमा एमाले: समानुपातिक तर्फका आकांक्षीहरूको नाम पठाउन निर्देशन

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार १०:१४

काठमाडौँ । नेकपा (एमाले) ले भित्रभित्रै निर्वाचनको तयारीलाई पनि तीव्रता दिएको छ। निर्वाचन आयोगको कार्यतालिका नजिकिएसँगै एमालेले देशभरका सबै जिल्लाबाट समानुपातिक तर्फका आकांक्षीहरूको नाम पठाउन निर्देशन दिएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रदेश कमिटीमार्फत जिल्ला–जिल्लाबाट समानुपातिक तर्फको बन्दसूचीमा समावेश गरिने सम्भावित नामहरू मागिएको छ। निर्वाचन आयोगले १३ र १४ पुसका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउने समय तोकेको छ । सोही समयसीमालाई मध्यनजर गर्दै एमाले केन्द्रीय कार्यालयले नाम संकलनको प्रक्रियालाई ‘फास्ट ट्र्याक’ मा अगाडि बढाएको हो ।

छलफल नगरी नाम पठाउन सकिँदैन केन्द्रीय कार्यालयले तुरुन्त नाम पठाउन ताकेता गरे पनि जिल्ला अध्यक्षहरूले भने हतारमा नाम पठाउन नसकिने अडान लिएका छन् । हिजो सबै जिल्ला अध्यक्षहरूलाई आकांक्षीको सूची पठाउन भनिए पनि उनीहरूले आन्तरिक छलफल र योग्यताको मूल्याङ्कन नगरी नाम सिफारिस गर्न नसकिने बताएका हुन् ।

जिल्ला तहबाट ढिलाइ भएपछि केन्द्रीय कार्यालयले भोलिसम्ममा अनिवार्य रूपमा नाम पठाइसक्न अन्तिम समयसीमा दिएको छ । केन्द्रको कडा निर्देशनपछि यतिबेला जिल्लाका नेताहरू आन्तरिक छलफल र आकांक्षीहरूको व्यवस्थापनमा जुटेका छन् । एमालेको यो सक्रियताले सदन पुनर्स्थापनाको बहस जारी रहे पनि पार्टी निर्वाचनका लागि पूर्ण रूपमा मानसिक र प्राविधिक रूपमा तयार रहेको सन्देश दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.