विराटनगरमा दुर्घटनामा परेर क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १०, बिहीबार ०८:३३

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–५ घर भएका २७ वर्षीय थापा बिहीबार बिहानका राति दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

बिहानका राति करिब पौने १ बजेतिर मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

क्रिकेटका राष्ट्रिय खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए । ब्याट्सम्यान उनले केही फ्रेन्चआई लिगसमेत खेलिसकेको परिवारले जनाएको छ ।

राष्ट्रिय खेलाडीको निधनले परिवार, आफन्त र क्रिकेट प्रेमीलाई स्तब्ध बनाएको छ । परिवारका अनुसार मृतक थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन् । उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै बस्थे ।

एसपी कटवालले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×