
काठमाडौं । वैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच वार्ता चलिरहेका बेला खबरदारीका लागि जेनजी अगुवा सुदन गुरुङ पुगेका छन् ।
दुई नेताहरूबीच सहमतिका लागि दबाब बढाउन गुरुङ पुगेका हुन् । उनले नभएसम्मका लागि गेटमा ताला लगाइदिएको जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताए । ‘ हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’ गुरुङले भनेका छन्,‘ हाम्रो मेयरसाब र हाम्रो रवि लामिछाने । दुई जना नै ।’
उनले आफूहरू भने सुरक्षागार्डको रुपमा गेटमै बसेको पनि बताएका छन् ।
‘हामी चाहीँ अब यहाँ गार्ड । थुनिदिएका छौं, मिले मात्रै आउँछन्, नत्र आउँदैनन्,’ उनले भनेका छन् ।
























