कोशी प्रदेश सरकारका चार निर्णय : उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यविधि स्वीकृत

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ११, शुक्रबार १८:३५
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उद्यमशीलता र रोजगारी प्रवर्धन लगायतका विभिन्न चारवटा निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  शुक्रबार बसेको बैठकले प्रदेशको आर्थिक र प्रशासनिक क्षेत्रसँग सम्बन्धित  चार निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार बैठकले ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

यो कार्यविधि स्वीकृत भएसँगै प्रदेशमा उद्यमशीलता विकास र रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाउन बाटो खुलेको छ । बैठकले ‘सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि २०८२’ लाई पनि स्वीकृत गरेको छ ।

‘कोशी जनता आवास कार्यक्रम कार्यविधि’लाई थप परिमार्जनका लागि विधायन समितिमा पठाउने निर्णय गरेकाे छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई आएका सहसचिव नारायणप्रसाद रिसाललाई प्रदेश सचिवको रूपमा कामकाजमा खटाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.