
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका निवर्तमान सभापति राजेश तिम्सिनासहित नेताहरू कुलमान घिसिङद्वारा स्थापित ‘उज्यालो नेपाल पार्टी’मा प्रवेश गरेका छन् ।
रास्वपाका पूर्वप्रदेश सभापति तिम्सिना, प्रदेशका पूर्व प्रवक्ता कमलबाबु मैनाली र विवेकशील साझा पार्टीका पूर्वयुवा संयोजक सरोज नेपाललगायत नेताहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि स्पष्ट भिजन भएको नेतृत्व आवश्यक रहेकाले आफूहरू उज्यालो नेपाल पार्टीमा आबद्ध भएको बताएका छन् ।
























