
काठमाडौं । तीन दलका शीर्ष नेताले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्कीसँग छलफल गरेका हुन् । याे छलफल प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएकाे बताइएकाे छ ।
























