प्रधानमन्त्रीसँगको भेटपछि ठूला दल निर्वाचनमा जान तयार

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १२, शनिबार १८:२३

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि तीन दलका शीर्ष नेताले निर्वाचनमा जान तयार भएको बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्कीसँग छलफल गरेका थिए ।

छलफलपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार भएको बताएका हुन् । ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं,’ देउवाले भने, ‘कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ ।’

त्यसका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने देउवाको भनाइ छ । ‘सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.