रास्वपामा बालेनकाे वरीयता भाेलि टुङ्गो लाग्ने

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १७:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग ‘बृहत् एकता’ गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पार्टीमा वरीयता सोमबार टुंगो लगाइने भएको छ ।

रास्वपाका सभापति रवि लामिछानेसँग आइतबार सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै बालेन रास्वपामा समाहित भएका थिए ।

रास्वपा सभापति रवि नै र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उमेदवार बालेन हुने सहमतिपत्रमा उल्लेख छ ।

तर, सहमतिपत्रमा पार्टीमा बालेनको वरीयता के हुने भन्ने प्रस्ट्याइएको छैन । वरीयता साेमबारकाे बैठकले टुङ्गो लगाउने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

“ सातबुँदे सहमति गर्दा नै आज बिहान भइसकेको थियो,’ उनले भने,’ त्यसकारण आजै केही हुन सकेन ।”

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.