
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फ उम्मेदवारकाे बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।
नेपाली कम्युनिस्ट पार्टीले पनि समानुपातिकतर्फको बन्दसूची आज बुझाउने तयारी गरेको छ ।
जिल्लाबाट आएका उमेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको नेता देव गुरुङले जानकारी दिए ।
























