लोसपा र जसपाबीच एकताकाे घाेषणा

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १४, सोमबार ०७:४८

काठमाडौं । वैकल्पिक शक्ति भनिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहबीचकाे एकता सहमतिपछि तराई-मधेशमा बलियो प्रभाव राख्ने दुई शक्तिबीच एकता घोषणा भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालबीच आइतबार साँझ एकता घोषणा भएको हो । नेताहरूका अनुसार केही महिनाको आन्तरिक गृहकार्य पछि एकता घोषणा भएको हो ।

‘दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा नेपाल र लोसपा नेपाल पार्टी एकीकण गर्ने निर्णय गरियो,’ एकताबद्धमा भनिएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.