
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन गएका छन् ।
लेखकलाई आयोगले पत्राचार गर्दै आइतबारसम्म सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थिति हुन भने पनि उनी सोमबार मात्रै पुगेका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिसम्बन्धी घटनाबारे तत्कालीन गृहमन्त्रीको हैसियतमा आयोगले लेखकसँग बयान लिन लागेको हो ।
सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।
























