काठमाडौंमा प्रहरी मृत फेला

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १४, सोमबार १४:०९

काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचर सोमबार बिहान मृत अवस्था फेला परेका छन् ।

उदयपुर घर भई हाल काठमाडौंको बुद्ध नगरमा डेरा गरे बस्दै आएका प्रहरी परिचर बलबहादुर थापा मगरको आज बिहान मृत्यु भएको काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार बिहान थापाकी श्रीमतीले कोठाभित्र झुन्डिएको अवस्थामा भेटेपछि तत्कालै उद्धार गरे एभरेस्ट अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता भट्टराईले बताए ।

घटनाको अनुसन्धान भइरहेको र अन्य आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.