
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्द सूची बुझाउन नेपाली कांग्रेस नेताहरू निर्वाचन आयोग पुगेका छन् । आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबारसम्मको समयसीमा तोकेको थियाे ।
साेमबार समानुपातिकतर्फको बन्द सूची बुझाउन कांग्रेस नेता मीनबहादुर विश्वकर्मालगायत आयोग पुगेका हुन् । कांग्रेसको आजै बसेको कार्यसम्पादन समिति बैठकले सातै प्रदेशबाट बुझाएको समानुपातिकतर्फको सूची अनुमोदन गरेको थियो ।
























