दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीबाट बुद्धको तस्बिर, शान्तिपूर्ण राजनीति अपनाउन आग्रह

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १५, मंगलबार ११:५१

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भेट गर्दै मुलुकको स्थायित्व र लोकतन्त्रका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताएकी छन् ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक अब अस्थिरता र अशान्ति सहन सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह गरिन् । देश निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको भन्दै उनले जनताबाट अनुमोदन लिनु नै लोकतान्त्रिक निकास भएको स्पष्ट पारिन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्तिको प्रतीकका रूपमा भगवान् गौतम बुद्धको तस्बिर प्रसाईंलाई उपहार दिइन् । उनले सरकारले सत्ता भोगका लागि नभएरु भ्रष्टाचार अन्त्य र पीडितलाई न्याय दिलाउने उद्देश्यले काम गरिरहेको दाबी गर्दै प्रसाईंले उठाएका केही जायज मुद्दामा पनि छलफल र गृहकार्य भइरहेको बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.