
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिक सांसदको उम्मेदवारको सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाएको छ ।
भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई समानुपातिकको सूचीमा राखेकाे हाे ।
आदिवासी जनजाति क्लष्टरको सूचीमा समावेश नारायण श्रेष्ठलाई काठमाडौं निवासी हुन् । कांग्रेसले समानुपातिक सूचीमा राखेका उनी जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन् ।
























