
काठमाडौं । ललितपुरको गोदावरी स्थायी ठेगाना भएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पोखराबाट नियन्त्रणमा लिएको हो ।
तिमल्सिनाले पछिल्लो समय ‘डार्क फाइल नेपाल’ नामक अभियान चलाएर विभिन्न व्यक्ति तथा न्यायाधीशहरूलाई धम्की दिँदै आएको आरोप लागेको छ । सामाजिक सञ्जाल र अन्य माध्यमबाट विवादास्पद गतिविधि सञ्चालन गरेको र न्यायमूर्तिको मानमर्दन हुने गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको आधारमा प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।
पोखरामा लुकेर बसेको अवस्थामा पक्राउ परेका उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ ल्याइँदैछ । उनले चलाएको भनिएको उक्त अभियान र त्यस पछाडिको उद्देश्यबारे प्रहरीले गम्भीरतापूर्वक छानबिन सुरु गरेको छ ।

























