संखुवासभा-भोजपुर जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा सास्ती

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १०:२८

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल निर्माण नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने यो मुख्य नाका भए पनि स्थायी पुलको अभावमा आवतजावत र व्यापारिक कारोबारमा ठूलो बाधा पुगेको छ।

वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि सतिघाटमा ‘फेरी’ सञ्चालनमा ल्याइएको छ। तर, प्राविधिक समस्या, तीव्र हावाहुरी र वर्षायाममा नदीको बहाव बढ्ने बित्तिकै फेरी सेवा ठप्प हुन्छ। बर्खाका समयमा फेरी पूर्ण रूपमा बन्द हुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा झोलुङ्गे पुलको जोखिमपूर्ण यात्रा गर्न र पिठ्यूँमा सामान बोकेर नदी वारपार गर्न बाध्य छन्।

हिउँदमा बिहान ७ देखि राति १० बजेसम्म फेरी सञ्चालन भए पनि यो दीर्घकालीन समाधान नभएको स्थानीयको गुनासो छ। षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले फेरीले केही राहत दिए पनि पक्की पुलको अभावमा यस क्षेत्रको विकास नै ओझेलमा परेको बताए। उनले सतिघाटमा पक्की पुल निर्माणका लागि सम्बन्धित सरकारी निकायमा पटक-पटक डेलिगेसन र निरन्तर पहल गरिरहेको जानकारी दिए।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.