धनकुटा अस्पतालमा ब्लड बैंकका लागि ८ लाख सहयोग

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २४, बिहीबार १२:३४

धनकुटा । ११२ वर्ष पुरानो धनकुटा जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापनाका लागि ८ लाख २१ हजार रुपैयाँ संकलन भएको छ। नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको अगुवाइमा सुरु भएको अभियानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र स्वदेश तथा विदेशमा रहेका विभिन्न दाताहरूले यो रकम जुटाएका हुन्।

सहयोग गर्नेहरूमा एनआरएनए जापानले २ लाख, किर्गिस्तानबाट डा. किसान भण्डारीले २ लाख र एनआरएनए क्यानडाले १ लाख १० हजार रुपैयाँ प्रदान गरेका छन्। त्यस्तै एनआरएनए आईसीसी जापानका उपाध्यक्ष रोविनप्रसाद शेरचनले १ लाख, एनआरएनए चीनले ७१ हजार र प्रमुख कार्यकारी अधिकृत राउतले व्यक्तिगत ५५ हजार रुपैयाँ सहयोग गरेका छन्। अन्य सहयोग गर्नेहरूमा एनआरएनए एसिया प्रशान्त संयोजक दीपक कँडेल, एनआरएनए कंगो र व्यवसायी अशोकराज पाण्डे रहेका छन्।

Advertisement

संकलित सबै रकम रेडक्रस धनकुटाको खातामा जम्मा भइसकेको छ। वि.सं. १९७० मा स्थापित यस अस्पतालमा अहिलेसम्म ब्लड बैंक नहुँदा बिरामीका आफन्तले रगतका लागि व्यक्तिगत रूपमा दाता खोज्नुपर्ने बाध्यता छ। केन्द्र स्थापना भएपछि धनकुटा र आसपासका क्षेत्रका बिरामीलाई रगत व्यवस्थापनमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.