एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु हुँदै, निर्वाचन तयारी केन्द्रित छलफल हुने

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार ०८:३७

काठमाडौं । नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक शनिबारबाट ललितपुरमा सुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकको मुख्य एजेन्डा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी रहेको छ । यसअघि सचिवालयले प्रदेश र जिल्ला संयोजन जिम्मेवारी टुङ्ग्याइसकेको र त्यस सम्बन्धित विषय बैठकमा अनुमोदन हुने बताइएको छ ।

पार्टीले निर्वाचन परिचालन समिति उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठन गरिसकेको छ । घोषणा पत्र मस्यौदा समिति अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनाइएको छ ।

त्यसैगरी, पार्टीमा चुनाव हारेका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसहितको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने विषयलाई पनि बैठकबाट अन्तिम रुप दिने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.