बसपार्कमा पुरुष मृत फेला

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १०:००
सांकेतिक तस्बिर

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका-७ स्थित प्यारी भित्ता बसपार्कमा शनिबार बिहान एक पुरुष मृत फेला परेका छन्। बसपार्कमा मागेर खाँदै हिँड्ने र त्यहीँका पुराना गाडीहरूमा आश्रय लिँदै आएका अन्दाजी ४०-४२ वर्षका पुरुष मृत फेला परेका हुन्।

स्थानीयका अनुसार ‘तम्बु’ नामले चिनिने तर थर र स्थायी ठेगाना नखुलेका ती व्यक्ति बसपार्कमा बिग्रिएर राखिएको को १ ख ७८३९ नम्बरको बसभित्र सुतिरहेकै अवस्थामा मृत भेटिएका थिए। आज बिहान करिब ७:१५ बजे स्थानीयले बसभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ। चिसोका कारण वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.