पार्टीको आकस्मिक बैठकमा सहभागी भएनन् महामन्त्रीद्वय गगन र विश्वप्रकाश

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार १२:१७

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिष्कार गरेका छन्। शनिबार बिहान ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा दुवै महामन्त्री अनुपस्थित रहेका हुन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बोलाइएको उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई निमन्त्रणा गरिएको थियो। तर, नेतृत्वसँगको असन्तुष्टि र विशेष महाधिवेशनको तयारीमा जुटेका थापा र शर्मा बैठकमा सहभागी नभएको नेताहरूले बताएका छन्।

महामन्त्रीद्वयले पार्टीको संस्थापन पक्षको असहमतिबीच पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको आह्वान गरी प्रक्रिया अगाडि बढाएका छन्। पछिल्लो समय कांग्रेसभित्र संस्थापन पक्ष र महामन्त्री पक्षबीचको विवाद बढ्दै जाँदा महत्वपूर्ण बैठकहरूमा समेत दुई धार प्रस्ट देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.