
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता सहमति भाँडिएको छ । शनिबारसम्म भएको दुई पक्षीय बीचको प्रयास असफल भएपछि एकता सहमति भाँडिएको हो ।
रास्वपा सभापति रवि लामिछानेसँग कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेको थियो । यसअघि पहिलो वरियताको उपसभापति दिने सहमति भएको थियो । ‘पूर्वसहमति बाट पछि हटेर पार्टीको नाम पनि परिवर्तनको प्रस्ताव आएपछि एकता सहमति भाँडिएको रास्वपा स्रोतले जानकारी दियो ।
ती नेताका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’सहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न नसकेको हो ।
























